Logo
Logo

‘ओलीले जघन्य ‘पोलिटिकल’ अपराध गरे’


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा माओवादी केन्द्रका राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमा लेखेकाे व्यवस्थालाई बेवास्ता गरेको आरोप लगाएका छन् ।

राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य विडारीले अन्य मुलुका राष्ट्रपतिले निर्वाह गरेको भूमिकाको दृष्टान्त दिँदै नेपालमा भने संविधानमा स्पष्ट लेखिएको कुरालाई पनि राष्ट्रपतिले बेवास्ता गरेको आरोप लगाए ।

उनले संविधान निर्माणको क्रममा संविधानको धारा ७६ को उपधारा ५ माथिको व्याख्या र टिप्पणी गायब गरिएको पनि दाबी गरे ।

“संविधानसभामा संविधानको धारा ७६ को उपधारा ५ राख्नुपर्ने कुराको रेकर्ड गायब गराएछ । त्यो गायब गराउने मान्छे त अहिले सत्तासँग ट्याप्प गाँसिएर पो बसेको रहेछ । संविधानसभाको त्यो रेकर्ड अहिले छैन । व्याख्या टिप्पणी पहिलो संविधानसभामा थियो । अहिले दोश्रो संविधानसभाको व्याख्या टिप्पणी खर्रल्याप्प खाएछ । अनि सत्तासँग ठ्याक्कै टाँसिएछ । मुखमा पानी हालेर बसेको छ । बोल्दैन । नाकाबन्दीका मतियार र आयोजकहरूले सामन्त गोयल समेतलाई अहिले ट्याली गरेर हेरौँ त,” उनले भने ।

सरकारले ल्याएको विधेयकलाई सरकारी पार्टी हुँ भन्नेले नै विधेयकको विरोधमा भोट हाल्न, संसोधन गर्न पाउने व्यवस्था भएको भन्दै संविधानको धारा ७६ को उपधारा ५  पनि प्रधानमन्त्री चुन्ने विशेष व्यवस्था रहेको उनको दाबी छ । 

प्रतिक्रिया दिनुहोस्