Logo
Logo

अदालतले क्षेत्राधिकार मिचेकाे खिमलाल भट्टराईकाे आरोप


दृष्टि संवाददाता


काठमाडाैं । राष्ट्रिय सभामा सत्तारुढ नेकपा (एमाले)का मुख्य सचेतक खिमलाल भट्टराईले अदालतले क्षेत्राधिकार मिचेकाे आरोप लगाएका छन् ।

सर्वोच्च अदालतमा सरकारविरुद्ध परेका मुद्दामा अदालतले क्षेत्राधिकार बाहिर गएर निर्णय गरिरहेको र त्यसले राजनीतिलाई ठीक ठाउँमा नलैजाने भट्टराईले राष्ट्रिय सभाको बैठकमा बताएका हुन् ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा अदालतको क्षेत्राधिकार के हो र के होइन भन्नेबारे भट्टराईले बोलेका हुन् । ’यतिबेला राजनीतिक विषयहरू मुद्दाको रूपमा अदालतमा ओइरो लागेका छन् । अदालतले आफ्नो अधिकार क्षेत्रको जाँचपड्ताल बिना भटाभट निर्णय गर्दैछ । यसले हाम्रो राजनीतिलाई कहाँ लैजान्छ सोचौं,’ भट्टराईले भने, ’सरकार बनाइदिनुपर्‍यो भनेर समेत अदालतमा मुद्दा हालिएको छ । यो लज्जास्पद कुरा होइन र ? के सरकार बनाउने कुरा अदालतको जुरिसडिक्सनभित्र पर्दछ ?’

मुख्य सचेतक भट्टराईले संवैधानिक इजलासमा रिट निवेदक र बाहिर पनि प्रधानमन्त्री र राष्ट्रपतिको कदमको विरोधमा रहेकाहरूले उठाउँदै आएकाहरूको तर्कको विरोध गरेका थिए ।

यो विषय कानुनी मात्रै नभएर राजनीतिक पनि भएको भट्टराईको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्