Logo
Logo
भारतमा मन्त्रिपरिषद पुनर्गठन

माेदी क्याबिनेटमा वकिल, डाक्टर र इन्जिनियर समावेश


दृष्टि संवाददाता


एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद हेरफेर गरेका छन् । वकिल, डाक्टर र इन्जिनियरसहित ४३ मन्त्रीले सपथ लिएका छन् ।

राष्ट्रपति भवनमा आयोजित समारोहमा राष्ट्रपति रामनाथ कोविन्दले नयाँ ४३ जना मन्त्रीलाई सपथ खुवाए ।मोदीको नयाँ मन्त्रिमण्डलमा १३ जना महिला अनुहार छन् । १४ मन्त्रीको उमेर ५० वर्षभन्दा कम छ भने १८ जना पूर्वराज्य मन्त्री भएका छन् । चारजना पूर्वमुख्य मन्त्री सामेल हुनेछन् ।

नयाँ मन्त्री हुनेहरुमा १३ जना वकिल, ६ जना डाक्टर र पाँचजना इन्जिनियर भएका छन् । क्याबिनेटमा अधिकांश युवाहरु र सीमान्तकृत समुदायबाट प्रतिनिधित्व गराइएको छ ।

मोदीको नयाँ क्याबिनेटमा पाँच अल्पसंख्यक मन्त्री भएका छन् । जसमा १ मुस्लिम, १ शिख, १ बौद्ध र १ इसाइ धर्मावलम्वी छन् । आठजना जनजाति मन्त्री भएका छन् ।

प्रतिक्रिया दिनुहोस्