Logo
Logo

बाढीले राप्ती पुलमा क्षति


दृष्टि संवाददाता

378
Shares

देउखुरी । देउखुरीको राप्ती गाउँपालिकास्थित सिसहनियाँ र गढवाको महदेवा जोड्ने राप्ती पुलको दक्षिणतर्फको भागमा आज आएको बाढीले क्षति पुर्याएकाे छ ।

नेपालकै दोस्रो लामो उक्त राप्ती पुलको दक्षिणतर्फको पुलमा जोडिने कालोपत्रे सडक बाढीले भत्काएको हो । पुल भएर चल्ने सवारीका साधनलाई रोक लगाइएको छ ।

क्षति भएको स्थानमा तत्काल मर्मत गर्न सडक डिभिजन कार्यालय नेपालगञ्जलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

कूल ८ सय ६० मिटर लम्बाई र साढे १० मिटर चौडाई रहेको पुल करिब एक अर्ब लागतमा अनक निर्माण सेवाले ४ वर्ष लगाएर निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्