Logo
Logo

ओली-नेपालबीच वार्ता जारी, दाेस्राे तहका नेता पनि सहभागी


दृष्टि संवाददाता


फाइल फाेटाे

काठमाडाैं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच काठमाडौंको मेरियट होटलमा भेटवार्ता सुरु भएको छ ।

वार्तामा दोस्रो तहका नेताहरु पनि सहभागी छन् ।ओली पक्षबाट ईश्वर पोखरेल र विष्णु पौडेल सहभागी छन् । यस्तै नेपाल पक्षबाट भीम रावल र सुरेन्द्र पाण्डेको उपस्थिति छ ।

दिउँसो कार्यदलका सदस्यहरुका बीचमा भएको छलफलमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच संवाद गराउन पहल गर्ने सहमति भएको थियो।

आफूहरुले जति सहमति गरे पनि दुई नेताबीच सहमति नभएसम्म केही नहुने निष्कर्षमा नेताहरु पुगेका थिए। यसअघि गत बैखाख ७ र ८ गते यी दुई नेताहरुबीच होटेल मेरियटमै छलफल भएको थियो।

दुई नेताबीच समझदारी भएको खण्डमा आजै संयुक्त वक्तव्य निकाल्ने तयारी पनि छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एकताका लागि सर्वोच्च अदालतमा रिट दिने सांसदहरुले रिटबाट हस्ताक्षर फिर्ता लिनुपर्ने अडान राखेका छन् । नेता नेपालले भने हस्ताक्षर फिर्ता नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्