Logo
Logo

तीन दिनदेखि बेपत्ता भएका बालकको शव फेला


दृष्टि संवाददाता

504
Shares

धनगढी । कैलालीमा तीन दिनदेखि बेपत्ता भएका बालकको शव फेला परेको छ । प्रहरीकाे अनुसार टीकापुर नगरपालिका–१ का दिलीप विष्टका पाँच वर्षीय छोरा विवेक विष्टको शव फेला परेको हाे ।

उनको टीकापुर नगरपालिका–४ बाघमारास्थित जमरा कुलोमा भेटिएको प्रहरी कार्यालय टीकापुरका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । उनका अनुसार बालक बिष्टको शव कुलोको पानीमा रहेको झाडीमा अड्किएको अवस्थामा फेला परेको हो।

विवेक सोमबार बिहान ११ बजे दिदी नाता पर्ने १५ वर्षीया पुनम बिष्टसंगै घरबाट जामुन खान निस्केका थिए । सोमबार बालक हराएपछि खोजीका लागि भन्दै प्रहरी टोली खटिएको थियो । मंगलबार बिहानदेखि दुई वटा कुकुरको प्रयोग गरेर प्रहरीले बालकको खोजी गरिएकोमा बुधबार शव फेला पारेको हो ।

प्रतिक्रिया दिनुहोस्