Logo
Logo

कोमल वलीको ‘बाँदर’ कविताप्रति युवा संघको आपत्ति


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले माधव कुमार नेपाल निकट युवा संघको राष्ट्रियसभा सदस्य कोमल वलीको कविताप्रति आपत्ति जनाएको छ ।

वलीले सोमबार राष्ट्रिय सभामा पार्टीभित्रको घरझगडालाई विषय बनाउँदै ‘बाँदरहरूको आफ्नो देश र भेष हुँदैन’ भन्ने कविता वाचन गरेकी थिइन् । वलीको उक्त कविताप्रति संघका अध्यक्ष नरेश शाहीले विज्ञाप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।

उनले सत्ताबाटै संघिय गणतन्त्रमाथि प्रहार भएको बताएका छन् । ‘राष्ट्रिय सभामा शीर्ष नेतृत्वलाई व्यङ्ग गर्दै प्रयोग भएका गालीगलौजका शब्दले प्रतिगमनकारी शक्तिहरूमा यो व्यवस्थाप्रति अझै पनि वितृष्णा र गणतन्त्र ल्याउने नेतृत्वप्रति रिस र पुर्वाग्रह रहेको देखिन्छ’ शाहीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

सत्तासिन पार्टीबाटै संघिय गणतन्त्र र धर्म निरपेक्षतामाथि प्रहार हुन दुखद भएको उनले बताएका छन् । शाहीले भनेका छन्, ‘नेपाली जनताले संञ्चालन गरेको आन्दोलनको जगमा स्थापित धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रणाली, संघिय गणतान्त्रिक व्यवस्थालाई अझै पनि धेरै सामन्तवादी, प्रतिगमनकारी शक्तिहरुले स्वीकार गर्न सकेका छैनन् ।’

प्रतिक्रिया दिनुहोस्