Logo
Logo

ओली-नेपाल भेटवार्ता : उपलब्धि केही भएन


दृष्टि संवाददाता

10.6k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सम्पन्न भएको छ । नक्सालस्थित होटल मेरियटमा सम्पन्न भेटवार्तामा ठोस सहमति केही हुन सकेन ।

ओली–नेपाल भेटवार्तामा पार्टी एकता कायम गर्न गठित कार्यदलले पछिल्लो बिकासक्रमबारे जानकारी गराएका थिए । ओली–नेपाल भेटवार्तामा सहभागी एमाले उपाध्यक्ष तथा कार्यदलका सदस्य भीम रावलले वार्तामा ठोस सहमति नभए पनि वार्ताले सकारात्मक वातावरण बनाउने प्रतिकृया दिएका छन् ।

कार्यदलका अर्का सदस्य तथा नेपाल पक्षका नेता सुरेन्द्र पाण्डेले पनि वार्ता सकारात्मक भएको प्रतिकृया दिएका छन् । ओली–नेपाल भेटमा कार्यदलका नेताहरू भीम रावल, सदस्य सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्