Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : ओली-नेपाल भेटदेखि जसपा विवाद सुल्झाउन इजलाससम्म


दृष्टि संवाददाता

1.1k
Shares

१. ५५ दिनपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता, पार्टीभित्रको विवाद समाधान गर्ने उपायका बारेमा छलफल, जेठ २ पछि ब्युँताइएको कार्यदलले पछिल्ला दिनमा गरेको छलफलका बारेमा समेत नेताद्वलाई ब्रिफिङ, सकरात्मक ढंगले कुरा अघि बढेको सुरेन्द्र पाण्डेद्वारा जानकारी, कार्यदलको बैठक बिहीबार पनि बस्ने ।

२. जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्न निर्वाचन आयोगले ५ सदस्यीय इजलास गठन, निर्वाचन आयोगका पदाधिकारीहरूको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा अन्य चार आयुक्तहरु ईश्वरी प्रसाद पौडेल,रामप्रसाद भण्डारी,जानकी कुमारी तुलाधर र सगुन शम्शेर जवरा सम्मिलित पाँच सदस्यीय इजलास गठन , विवाद निरुपण गर्न आगामी साउन ३ गतेबाट सुनुवाइ सुरु हुने, दुवै पक्षलाई कानुन व्यवसायी राख्ने भए साथै ल्याउन समेत आयोगको सुझाव ।

३. एमालेभित्रका ‘पूर्वमाओवादी’ नेताहरुले नेकपा (माओवादी केन्द्र) को दल दर्ता खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता, नेकपा (माओवादी केन्द्र)को हैसियत नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार गुमिसकेको हुँदा दल दर्ता गरिपाउँ भनेर आएको निवेदन दर्ता भएको आयोगद्वारा जानकारी, सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिदिए सांसद पद पुनर्बहालीको माग गर्दै अदालतमा रिट दर्ता गराउने समेत पूर्व माओवादीको तयारी ।

४. सर्वोच्च अदालतद्वारा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग जातीय भेद्भाव तथा छुवाछूत कसुर आरोपमा लिखित जवाफ माग, रुपा सुनारले दायर गरेको रिट निवेदनको सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले महान्यायाधीवक्ताको कार्यालयमार्फत १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश, सरकारी वकिल कार्यालय, प्रहरी वृत्त सिंहदरबारलाई पनि महान्यायाधीवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न सर्वोच्चले १५ दिनको समय ।

५. निषेधाज्ञा खुले लगत्तै कोरोना संक्रमणमा वृद्धि, पछिल्लो २४ घण्टामा नेपालमा २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको ११ हजार ८९८ परीक्षणमा २ हजार ९७९ जनामो संक्रमण पुष्टि, पछिल्लो २४ घण्टामा थप १ हजार ३३३ जना संक्रमणमुक्त, थप २८ जनाको मृत्यु, हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २९१ पुग्यो, कोरोनाको तेस्रो लहरबाट जोगिने तयारी गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अपिल ।

६. कालीगण्डकी–तिनाउ डाइभर्सन योजनाका कागजातसहित उपस्थित हुन सरकारलाई सर्वोच्च अदालतको आदेश, परियोजनाविरुद्ध परेको रिट निवेदनको सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको इजलासले साउन ४ गते कागजातसहित उपस्थित हुन सरकारका नाममा आदेश जारी, कालीगण्डकी–तिनाउ डाइभर्सन परियोजना कार्यान्वयनमा लगेमा कालीगण्डकी र नारायणी नदी जलाधार क्षेत्रमा व्यापक रूपमा नकारात्मक प्रभाव पर्ने भन्दै रोक लगाउनुपर्ने रिट निवेदकको दावी ।

७. नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई भेटेर ५ विद्यार्थी संगठनले बुझाए ज्ञापनपत्र, शिक्षा, रोजगारी र स्वास्थ्यको मौलिक हकलाई कार्यान्वयन गर्ने सार्वजनिक प्रतिवद्धता गर्न माग, ज्ञापन पत्र बुझ्दै प्रचण्डले दिए विद्यार्थीलाई देशको विकासमा लाग्न सुझाव ।

८. आगामी आर्थिक वर्ष २०७८/७९ का लागि अर्थ मन्त्रालयमा कार्य सम्पादन सम्झौता हस्ताक्षर कार्यक्रम, बजेट कार्यान्वयनका लागि मन्त्रीका हैसियतले गर्नुपर्ने सबै काम र सहयोग गर्ने अर्थमन्त्री विष्णु पौडेलको प्रतिबद्धता, नेप्सेको ओरालो यात्रा कायमै, कारोबार रकम साढे ४ अर्ब, जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँट, १९ लाखको हात खाली ।

९. युरोकपमा आज अन्तिम सेमिफाइनल खेल हुँदै, फाइनलको यात्राका लागि बेलायत र डेनमार्क भिड्दै, विजयी टिमले इटालीसँग उपाधिका लागि भिड्ने, खेल पौने १ बाट सुरु हुने, फुटसलको ए डिभिजिन लिग साउन २३ बाट हुने, सन्दीप लामिछानेले काठमाडौंबाट इपीएल खेल्ने, द हन्ड्रेड क्रिकेट खेल्न सन्दिप भोलि (बिहिबार) बेलायत जाने ।

Euro 2020 Semi-final: England Vs Denmark - Where To Get Live Streaming In  India

१०. र, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा पहिलो पटक मन्त्रिपरिषद पुनर्गठन, वकिल, डाक्टर र इन्जिनियरसहित ४३ मन्त्रीले लिए सपथ, हाइटीका राष्ट्रपति जोभोनेल मोइजको एकाबिहानै गरियो हत्या, अफगानिस्तानबाट ९० प्रतिशत अमेरिकी सेना फिर्ता, बन्दुक हिंसा रोक्न न्यूयोर्कमा आपतकालीन कार्यकारी आदेश, कोरोनाले एक हजार बढी इन्डोनेसियाली स्वास्थ्यकर्मीको मृत्यु ।

प्रतिक्रिया दिनुहोस्