Logo
Logo

सिटी बजाएर विद्यार्थीकाे सरकारविरुद्ध प्रदर्शन


दृष्टि संवाददाता

1.2k
Shares

काठमाडाैं । पाँच दलीय गठबन्धन निकट विद्यार्थी संगठनहरुले बिहीबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

’महँगी, भष्ट्राचार र कुशासन बन्द गर, पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर’ भन्दै उनीहरुले माइतीघर क्षेत्रमा सिटी फुकेर जुलुस निकालेका हुन् ।

असंवैधानिक रुपमा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको भन्दै विद्यार्थीहरुले पछिल्लो समय सरकारविरुद्ध चरणबद्ध आन्दोलन गरिरहेका छन् ।

प्रदर्शनपछि आयोजित कोणसभामा बिद्यार्थीहरुले सरकारले प्रतिगमन नसच्चाएसम्म आन्दोलन जारी रहने चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्