Logo
Logo

संस्थापन पक्षले पार्टी कब्जा गर्न लागेको रामचन्द्र पाैडेलकाे ठहर


दृष्टि संवाददाता

1.5k
Shares

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले महाधिवेशनलाई प्रभावित पार्ने गरी संस्थापन समूहले क्रियाशील सदस्यता वितरण गरेको दावी गरेको छ ।

समायोजनका नाममा संस्थापन पक्षले पार्टी कब्जा गर्न लागेको ठहर गर्दै क्रियाशील सदस्यता वितरणमा चनाखाे हुनुपर्ने बताएका हुन् ।

पौडेल पक्षका नेताहरूको आज बसेको बैठकले विभिन्न जिल्लामा अन्य पार्टीबाट प्रवेश गरेको भन्दै हजारौं व्यक्तिलाई विधानविपरीत क्रियाशील सदस्यता बाँडिएको आरोप समेत लगाए ।

सात सदस्यीय क्रियाशील सदस्यता छानविन समितिमा पौडेल समूहबाट केन्द्रीय सदस्य जीवन परियार र कल्याण गुरुङ सदस्य छन् । त्यस्तै कृष्णप्रसाद सिटौला समूहबाट प्रदीप पौडेल समितिमा छन् । बैठकमा परियार, गुरुङसँगै सिटौला समूहका पौडेल पनि सहभागी थिए ।

पौडेल समूहको छलफलमा बरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा रामशरण महत, अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाललगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्