Logo
Logo

ईपीएल सञ्चालनका लागि आईसीसीको स्वीकृति


दृष्टि संवाददाता


काठमाडाैं ।  चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) सञ्चालनका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले स्वीकृति प्रदान गरेको छ ।

बिहीबार ईपीएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) आमिर अख्तरले एक विज्ञप्त जारी गर्दै असोज ९ गतेदेखि २३ गतेसम्म हुने प्रतियोगिता सञ्चालनका लागि आईसीसीले स्वीकृति दिएको हो ।

चौथो संस्करणका लागि विश्वका ठूला हस्तीहरूलाई पनि नेपाल भित्र्याउने आयोजकको योजना छ । प्रतियोगिता विश्वभरबाट प्रत्यक्ष हेर्न सकिने सीईओ अख्तरले जानकारी दिएकाे छ ।

यस अघि चौथो संस्करणको प्रतियोगिता चैत १ गतेदेखि १५ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने तालिका थियो । तर, कोभिड–१९ संक्रमणको महामारीका कारण प्रतियोगिता स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्