Logo
Logo

रूसी फुटबल प्रशिक्षक बर्खास्त


दृष्टि संवाददाता


एजेन्सी । रूसले फुटबल प्रशिक्षक स्टानिस्लाम चेरेसोभलाई बर्खास्त गरेको छ । युरोपियन च्याम्पियनसिपमा खराव प्रदर्शन गरेको भन्दै संघले प्रशिक्षक चेरेसोभलाई बर्खास्त गरेको हो ।

विहिबार साँझ संघले प्रशिक्षकलाई हटाएको जानकारी दिएको छ । पाँच बर्षको सम्झौता सकिने संघारमा रहेका बेला संघले उनलाई बीचमा नै हटाएको हो ।

युरोकपमा रसिया नकआउट चरणमा पुग्ने लक्ष्य रहेपनि समुह चरणबाट बाहिरिएको थियो । सन् २०१८ को विश्वकपमा राम्रो प्रदर्शन गर्दै क्वाटरफाइनलसम्म पुगेको रसिया युरोकपमा पनि सोचे अनुसार प्रदर्शन गर्न सकेन ।

प्रतिक्रिया दिनुहोस्