Logo
Logo

बूढानीलकण्ठको गणेश चोकमा लक्ष्मी बैंकको १३०औँ शाखा


दृष्टि संवाददाता


काठमाडौं । लक्ष्मी बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा १३०औँ शाखा बूढानीलकण्ठको वडा नं ६ स्थित गणेश चोकमा सञ्चालनमा ल्याएकोे छ । यो शाखामार्फत बंैकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

यो नयाँ शाखाका साथ लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १३० शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५९ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्ट पुगेको छ ।

यो शाखाका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दति निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको छ ।

यो शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाइको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोबाइल फोनमार्फत बैंकिङ सेवा प्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहकलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्