Logo
Logo

सहकुल थापालाई एआइजीपीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय


दृष्टि संवाददाता

3.4k
Shares

काठमाडाैं । मन्त्रिपरिषद बैठकले प्रहरी नायव महानिरीक्षक सहकुलबहादुर थापालाई अतिरिक्त महानिरीक्षक (एआइजीपी)मा बढुवा गर्ने निर्णय गरेको छ ।

डीआइजीपी थापा एआईजीपीमा बढुवा भएसँगै विश्वराज पोखरेलसँग प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा उभिएका छन् ।

गत वर्ष नेपाल प्रहरीको संगठनात्मक संरचना (ओएन्डएम)बाट तीन जनाबाट थप गरेर एक एआइजीको दरबन्दी बढाउने निर्णय भएको थियो । नयाँ ओएन्डएम नभइकन अहिले एआइजी दरबन्दी बढाइएको हो । सुरक्षा संगठनमा दरबन्दी बढाउने वा घटाउने विषयमा ओएन्डएम हुनुपर्ने कानुनी मान्यता प्रावधान छ ।

नेपाल प्रहरीमा प्रशासनतर्फ चार एआइजी हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की र विश्वराज पोखरेल थिए भने प्राविधिकतर्फ डा. आशा सिंह छन् ।

प्रतिक्रिया दिनुहोस्