Logo
Logo

चीनबाट खरिद गरेको ८ लाख डोज खोप नेपाल ल्याइयो


दृष्टि संवाददाता

567
Shares

तस्विर फाईल

काठमाडौं । सरकारले चीनबाट खरिद गरेको कोरोना विरुद्धको आठ लाख डोज खोप नेपाल ल्याएको छ । सरकारले नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट शुक्रबार बिहान भेरोसेलको आठ लाख डोज ल्याएको हो ।

नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप खरिदको सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार भेरोसेल खोपको पहिलो खेप शुक्रबार बिहान काठमाडौं ल्याइएको हो ।

आज आठ लाख डोज भेरोसेल खोप ल्याइएको र बाँकी खोप थप उडानमार्फत् ल्याइने स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए ।

पहिलो खेप खोप ल्याउन वाइडबडी जहाज बिहीबार साँझ चीनको राजधानी बेइजिङ गएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप नेपाल ल्याइनेछ ।

प्रतिक्रिया दिनुहोस्