Logo
Logo

माओवादी छाडेर एमालेमा गएका नेताहरू आज निर्वाचन आयोग जाने


दृष्टि संवाददाता

630
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर एमालेमा क्रियाशील रहेका नेताहरु आज निर्वाचन आयोग जाने भएका छन् । मणि थापा, टोपबहादुर रायमाझीलगायत नेताहरू आज निर्वाचन आयोग जाने भएका हुन् ।

नेकपा माओवादीको दल दर्ता खारेजीको माग गर्दै परेको निवेदनउपर आयोगले के गरिरहेको छ भन्ने जानकारी लिन उनीहरू आज आयोग जाँदैछन् ।

नेता मणि थापाले आफूहरू आज बिहान ११ बजे निर्वाचन आयोग जाने सेतोपाटीलाई बताए । उनीहरूको समूहले असार २३ गते आयोगमा माओवादीले लामो समयदेखि महाधिवेशन नगरेको भन्दै दल दर्ता खारेजीको निवेदन दिएका थिए ।

माओवादी छाडेर एमालेमा गएका रामबहादुर थापा बादललगायत उनको समूहले माओवादीको दल दर्ता खारेजी हुनुपर्ने बताइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्