Logo
Logo

बंगलादेशको एक कारखानामा आगलागी, ४९ जनाको मृत्यु


दृष्टि संवाददाता


एजेन्सी । बंगलादेशको रुपगंजस्थित एक कारखानामा आगलागी हुँदा कम्तीमा ४९ को मृत्यु भएको छ । बंगलादेशको दमकल सेवाले यसबारे जानकारी दिएको हो ।

बिहिबार बेलुका रुपगंजको एक फुड एण्ड बेवरेज कारखानाको भवनमा आगलागी भएको हो । दमकल विभागका उप–निर्देशक देवाशीष वर्धनले बीबीसीसँगको कुराकानीमा भने, ‘कम्तीमा ४९ जनाको शव भेटिएको छ ।’

उनले उद्धारकार्य जारी रहेको बताएका छन् । देबीशीष वर्धनले मृत्युको संख्या बढ्न सक्ने बताएको छ ।

रुपगंज पुलिस स्टेशनका एक प्रहरी अधिकारीले बीबीसीसँगको कुराकानीमा कारखानामा काम गर्ने मानिसहरु ठूलो संख्यामा त्यहाँ जम्मा भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्