Logo
Logo

खेलाडीको उपचारका लागि राखेप र ट्रमा सेन्टरबीच सम्झौता


दृष्टि संवाददाता


काठमाडाैं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूको स्वास्थ्य उपचारका सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् र राष्ट्रिय ट्रमा सेन्टरबीच शुक्रबार सम्झौता भएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको प्रभावकारी औषधी उपचार गर्नेरगराउने सम्बन्धमा नेपाल खेलकुद महासंघको विशेष पहलमा सम्झौता भएको हो ।

राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष पौडेलले त्रिपुरेश्वरस्थित राखेपको खेलकुद चिकित्सा तथा अनुशन्धान केन्द्रमा भएको एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सेन्टरले प्रवाह गर्ने ३ किसिमका कडा रोग हेड इन्जुरी, स्पाइनल इन्जुरी र शल्यक्रिया गर्नु पर्ने बोन क्यान्सर का विरामीहरूको स्वास्थ्य उपचार सेवा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विपन्न नागरिक औषधोपचार निर्देशिका बमोजिम सेन्टरले गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्