Logo
Logo

एएफसी यू–२३ एसियन कप छनोटमा नेपाल समूह ’बी’ मा


दृष्टि संवाददाता


काठमाडाैं । उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना हुने एएफसी यू–२३ एसियन कप छनोटमा नेपाल समूह ’बी’ मा परेको छ ।एसियन फुटबल फेडेरेसन (एएफसी) ले शुक्रबार सार्वजनिक गरेको छनोटको समूह विभाजनमा नेपाल समूह ’बी’ मा परेको हो ।

एएफसीले वेस्ट जोन र इस्ट जोनको छनोटमा सहभागी ४२ टोलीलाई ११ समूहमा विभाजन गरेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान छन् ।

नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग खेल्नेछ । यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग खेल्दा अन्तिम खेल लेबनानसँग खेल्नेछ ।

छनोटका ११ समूहको शीर्ष टोलीले एएफसी यू–२३ एसियन कप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एसियन कपमा छनोट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्