शिक्षा विकासको कार्यालयमा गुलेली हान्ने युवा पक्राउ « Drishti News – Nepalese News Portal
Logo

शिक्षा विकासको कार्यालयमा गुलेली हान्ने युवा पक्राउ


दृष्टि संवाददाता


बर्दिया । शिक्षा विकास तथा समन्वय इकाई बर्दियाको कार्यालयमा गुलेली प्रहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुलरिया नगरपालिका-५ का ३० वर्षीय रमेश थारू रहेका छन्।

उनले बिहीबार कार्यालयमा गुलेली प्रहार गरी झ्याल ढोका फुटाएको प्रहरीले जनाएको छ। थारूलाई गुलेली र गुलेली हान्न प्रयोग गरिने ढुंगासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

थारूविरूद्ध सार्वजनिक हित तथा नैतिकताविरूद्धको कसुर अन्तर्गत कारबाही थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्