Logo
Logo

महावीर पुनलाई अमेरिकाका दुई शहरका नगर प्रमुखले गरे सम्मान


दृष्टि संवाददाता


काठमाडौं । महावीर पुनलाई अमेरिकाको ओहायो राज्यका दुई शहरका नगर प्रमुखले सम्मान गरेका छन । पुन हाल अमेरिकाको विभिन्न राज्यहरूमा भ्रमण गर्दै नेपाली समुदायसँग अन्तरक्रिया र भेटघाट कार्यक्रममा व्यस्त रहेका छन् । उनलाई ओहायोका दुई शहरका नगर प्रमुखले बोलाएर सम्मान गरेका हुन् ।

गत महिना देखि अमेरिकाको भ्रमणमा रहेका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकलाई गत जुलाई ६ का दिन सम्मान गरेका हुन् । डा. पुनले नेपालका लागि गरेको योगदान स्वरुप उनलाई सम्मान गरेको हो भने यो समस्त नेपाल र नेपालीको गौरवको विषय बनेको छ ।

नेपालको विकासको लागि र आर्थिक उन्नति कसरी गर्न सकिन्छ भन्ने उद्देश्य सहित स्थापित राष्ट्रिय आविष्कार केन्द्र मार्फत थुप्रै सामाजिक कार्यहरू गर्दै आइरहेको छ ।

ओहायो राज्यको चिली कथि शहरका नगर प्रमुख ल्युक एम फिनीले अफिस अफ दि मेयर प्रोक्लामेसन अर्थात् नगर प्रमुखको कार्यालयको घोषणा भनि एक सम्मान पत्र डा.पुनलाई हस्तान्तरण गरेका छन् ।

यस्तै ओहायोको रेनोल्डसबर्ग शहरका नगरप्रमुख जो बेगेनिले समेत अफिस अफ दि रोकोग्निसन ओफ महाबिर पुनभनि सम्मान पत्र हस्तान्तरण जुलाई ६ का दिन गरेका छन् ।

अमेरिकामा अत्यधिक नेपाली समुदायसँग गरिएको अन्तरक्रिया र भेटघाट कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रलाई ठूलो आर्थिक सहयोग प्राप्त भएको छ । अमेरिकाको भ्रमणको लागि सामाजिक अभियन्ता सन्तोष सापकोटाले डा. पुनलाई अमेरिकाको भ्रमणमा ल्याउन संयोजन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्