Logo
Logo

कोपा अमेरिका फाइनल : ब्राजिल र अर्जेन्टिना भिड्दै


दृष्टि संवाददाता

5.5k
Shares

काठमाडौं । ४७ औं संस्करणको कोपा अमेरिका फुटबलमा दुई चिरपरिचित प्रतिद्व्न्द्वी ब्राजिल र अर्जेन्टिना भिड्दै छन । ब्राजिलमा जारी प्रतियोगिताको फाइनल खेल नेपाली समयय अनुसार आइतबार बिहान ५ : ४५ बजे सुरु हुनेछ।

दुवै टोलि समूहचरणबाट अपराजित रहँदै फाइनलमा पुगेका हुन। सेमिफाइनलमा ब्राजिलले पेरुलाई १-० गोलले पराजित गर्दै फाइनल यात्रा सुनिश्चित गरेको थियो । यस्तै अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ गोलले हराएर फाइनल प्रवेश गरेको हो।

फिफा वरियतामा अर्जेन्टिना ८ नम्बरमा रहेको छ भने ब्राजिल तेस्रो स्थानमा छ । दुवै टिममा विश्वका चर्चित क्लबहरुबाट फुटबल खेल्ने स्टार खेलाडीको बर्चस्व रहेकोले पनि खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

डिफेन्डिङ च्याम्पियन ब्राजिल घरेलु मैदानमा अजेन्टिनाविरुद्धको फाइनल खेल जित्दै उपाधि घरमै राख्ने दाउमा मैदान उत्रिने छ । ब्राजिलले हालसम्म ९ पटक कोपा अमेरिकाको उपाधि हासिल गरेको छ । जसमा पछिल्लो पटक सन् २००४ र २००७ मा अर्जेन्टिनालाई फाइनलमा पराजित गर्दै ब्राजिलले उपाधि जितेको थियो ।

यस्तै अर्जेन्टिनाले हालसम्म १४ पटक कोपा अमेरिकाको उपाधि हासिल गरिसकेको छ । सन् १९१६ मा आयोजित पहिलो संस्करणमा घरेलु मैदानमा पराजित बन्दै उपविजेता बनेको अर्जेन्टिनाले उपाधि जित्न नसकेको २८ वर्ष वितिसकेको छ । अर्जेन्टिनाले सन् १९९३ मा पछिल्लो पटक कोपा अमेरिकाको उपाधि हात पारेको थियो । त्यसयता अर्जेन्टिनाले ठूला प्रतितोयोगिता जित्न सकेको छैन।

कोपाको ४७ औं संस्करणसम्म आइपुग्दा नकआउट फर्म्याटमा यी दुई टोली चौथो पटक फाइनल खेल्न लागेका हुन्। जसमा १९३७ मा अर्जेन्टिना विजयी भएको थियो भने २००४ र २००७ मा ब्राजिलले जित हासिल गरेको थियो।

प्रतिक्रिया दिनुहोस्