Logo
Logo

युवा आधुनिक सामूहिक खेती फार्म भरतपुरलाई कृषि विकास बैंकको सहयोग


दृष्टि संवाददाता


काठमाडौं । कृषि विकास बैंकको युवा आधुनिक सामुहिक खेती फार्म भरतपुरलाई कृषि सामग्री तथा उपकरणहरु सहयोग गरेको छ ।

बैंकका भरतपुर शाखा सञ्चालक सदस्य सञ्जीव पौडेलले संस्थाका अध्यक्ष लेखनाथ भुषाललाई सामग्री हस्तान्तरण गरेका हुन् । यस्तै बैंकका प्रबन्धक दिनेशबाबु नेपालले संस्थालाई वित्तीय सहयोग चाहिएमा ७ कार्य दिनभित्र कर्जा उपलब्ध गराउन सक्ने पनि बताएका छन् । बैंकले १८० थान क्रेट, १८ थान आटोमेटिक स्प्रे मेसिन तथा एक थान डिजिटल काँटा सहयोग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्