Logo
Logo

लगानी व्यवस्थापनका लागि एनआइबीएल एस क्यापिटलको नयाँ योजना


दृष्टि संवाददाता


काठमाडौं । एनआइबीएल एस क्यापिटल लिमिटेडले लगानी व्यवस्थापन सेवाअन्तर्गत आफ्ना लगानीकर्ताहरुका लागि लगानी गर्ने नयाँ योजना ल्याएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआइबीएल एस क्यापिटलले नेपालमै पहिलोपटक अप्रत्याशित रुपमा हुने दुर्घटनाका कारण पर्न सक्ने आर्थिक भारलाई समेत वहन गर्न सक्ने किसिमको लगानी व्यवस्थापन योजना आफ्ना लगानीकर्ताहरुको लागि ल्याएको छ ।

यस योजनाअन्तर्गत व्यवस्थित लगानी व्यवस्थापनका साथै लगानीकर्ताहरुलाई रु ५ लाखसम्मको दुर्घटना बीमा प्रदान गरिने जनाएको छ । सो योजनामा लगानी व्यवस्थापन सेवाको पहिलो वार्षिक शुल्कमा ५० प्रतिशत छुट पनि दिइनेछ भने परिवारका ५ जना सदस्यलाई निःशुल्क डिम्याट खाता तथा मेरो शेयर खोलिने, पहिलोपटक थैली एप डाउनलोड गर्दा रु १०० को टपअप, निःशुल्क सम्पत्ति व्यवस्थापन परामर्श सेवा र अनुसन्धानमा आधारित प्रतिवेदनमा पहुँचजस्ता थुपै्र सुबिधा दिइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्