अमेरिकाले दिएको १५ लाख खोप काठमाडौंमा ल्याइयो « Drishti News – Nepalese News Portal
Logo

अमेरिकाले दिएको १५ लाख खोप काठमाडौंमा ल्याइयो


दृष्टि संवाददाता


काठमाडौं । नेपाललाई अमेरिकाले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप काठमाडौं ल्याइएको छ । कतार एयरवेजको नियमित उडानमार्फत् अमेरिकाले कोरोना खोप पठाएको हो । खोप बोकेको जहाज केहीबेर अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

खोप हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठले अमेरिकी सरकारले उपहार स्वरुप दिएको खोप नेपाली नागरिकको जीवन रक्षाका लागि बरदान सावित हुने बताएका छन् । उनले छिट्टै खोप अभियान चलाउने जानकारी दिए । प्राप्त भएको खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई लगाउने तयारी रहेको उनको भनाई छ ।

अमेरिकाले जोनसन एण्ड जोनसन कम्पनीले उत्पादन गरेको १५ लाख डोज खोप नेपाललाई उपलब्ध गराउने निर्णय गरेको छ । यसअघि नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभिड–१९ खोप निःशुल्क उपलब्ध गराउन लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्