Logo
Logo

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा १५औँ वार्षिकोत्सवमा बम्पर उपहार बिजेतालाई रु १० लाख हस्तान्तरण


दृष्टि संवाददाता


काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले १४ वसन्त पार गरी १५औं वर्षमा प्रवेश गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सकरात्मक र सबल हुँदै’ भन्ने मुल नाराका साथ १५औं वार्षिकोत्सव अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै एक समारोहबीच सम्पन्न गरेको छ । उक्त समारोहमा ‘न यति न उति सिधै लखपति’ योजनाको बिजेता साउदीमा कार्यरत जागेश्वर भुसकुलिया यादवकी धर्मपत्नी फुलमती कुमारीलाई रु १० लाखको चेक हस्तान्तरण गरेको छ । साथै कार्यालयको आन्तरिक छनोट प्रक्रियाबाट यस आर्थिक वर्षमा उल्लेखनिय कार्य गरेबापत विभिन्न विभाग र तहका ३ उत्कृष्ट कर्मचारीहरुलाई पनि सम्मान गरेको छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १४ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्