देउवा आज प्रधानमन्त्री नियुक्त हुँदै « Drishti News – Nepalese News Portal
Logo

देउवा आज प्रधानमन्त्री नियुक्त हुँदै


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुँदैछन् ।

राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र शपथको तयारी गरेको हो । राष्ट्रपति कार्यालयका एक अधिकारीका अनुसार शपथ ग्रहणको कार्यक्रम साँझ ५ बजे तोकिएको छ ।

सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सर्वोच्चले मंगलबार पाँच बजेभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनेको थियो ।

देउवा यसअघि चार पटकसम्म प्रधानमन्त्री बनिसकेका छन् । प्रधानमन्त्रीको रुपमा उनको यो पाँचौ इनिङ हुनेछ ।

आजै देउवाले सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् । त्यसका लागि देउवा आन्तरिक परामर्शमा व्यस्त रहेको उनको सचिवालयले जनाएको छ ।

यो पनि...

प्रतिक्रिया दिनुहोस्