Logo
Logo

एमाले एकतावद्ध बनाउन खोज्दा धम्की आयो : भीम रावल


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूलाई धम्की आएको बताएका छन् । नेता रावलले आफूले एमाले एकतावद्ध बनाउन खेलेको भूमिकालाई लक्षित गर्दै केही राजनीतिक दलका नेताबाट फोनमा धम्की आएको बताएका हुन् ।

बुधबार प्रेस विज्ञप्ती जारी गर्दै उनले आफूमाथि धम्की आएको र पार्टी मिलाउन आफूले अडानयुक्त पहल गर्दा षडयन्त्रमूलक ढंगले भारतीय गुप्तचरसँग भेटेको तथा केपी ओलीले कार्यवाहक अध्यक्ष बनाउने आश्वासन दिएको जस्ता कुप्रचार गरिएको बताएका छन् ।

नेता रावलले आफूलाई कसले धम्की दिए भन्ने खुलाएका छैनन् । तर, एमाले विभाजन रोकिने पो हो कि भनी कतिपयलाई लागिरहेको उल्लेख गरेका छन् । उनले केही अनलाइनहरुले आफूमाथि मनगन्ते र षडयन्त्रपूर्ण समाचार लेखेको भन्दै ती समाचारको खण्डन समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्