Logo
Logo

४१ महिनापछि बालुवाटारबाट बाहिरिए ओली


दृष्टि संवाददाता


काटमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित सरकारी निवास छोडेका छन् । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि पदमुक्त भएका ओलीले बुधबार बालुवाटार निवास छोडेका हुन् ।

नेकपाका अध्यक्ष समेत रहेका ओलीले बालुवाटारबाट निस्कँदै गर्दा गेट अगाडि एमाले कार्यकर्ताले नारा–जुलुस गरेका थिए । उनीहरुले ‘अघि बढ ओली बा, प्राण दिन तयार छौँ’, ‘केपी ओली हाई हाई’लगायत नारा लगाएका थिए । ओलीको कार्गेटलाई युथ फोर्सका कार्यकर्ताले मोटरसाइकल र गाडीले स्कर्टिङ गर्दै बालकोटसम्म पु¥याएका छन् । उनीहरूले गाडीमा केपी ओलीको डमी पनि बोकेका छन् ।

करिब ४१ महिना नेकपाको सरकार नेतृत्व गरी बालुवाटारबाट बाहिरिएका ओलीलाई भक्तपुरस्थित कौशलटारमा नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्