Logo
Logo
मन्त्रिपरिषद बैठक

साउन ३ गते प्रतिनिधिसभाको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस


दृष्टि संवाददाता


काठमाडौं । सरकारले आगामी ३ साउनमा प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले साउन ३ गते ४ बजे बैठक बोलाउन राष्ट्रपतिसमक्ष निर्णय गरेको हो ।

यसअघि सर्वोच्च अदालतले प्रतिनिधिसभा बैठक साउन ३ गतेभित्र बोलाउन आदेश दिएको थियो । सोही आदेशअनुसार सरकारले साउन ३ गते नै बैठक बोलाउन सिफारिस गरेको एक मन्त्रीले बताए ।

असार २८ गते सर्वोच्च अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्दै प्रतिनिधिसभा विघटन बदर गरेर बैठक बोलाउन आदेश जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्