Logo
Logo

लाभांश प्रस्ताबसहित एनएलजीले डाक्यो साधारणसभा


दृष्टि संवाददाता


काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २१ गते १५औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको रजिष्टर्ड कार्यालय पानीपोखरी काठमाडौंमा बिहान १० बजे सभा बोलाएको हो । सभाले प्रस्तावित १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्तावसहित गत आर्थिक वर्ष ०७६÷७६ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरुसमेत पारित गर्नेछन् ।

कम्पनीले यस वर्ष १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ९ करोड ६३ लाख ७६ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले साउन १४ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा साउन १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र साधारणसभामा भाग लिन सक्नेछन् ।

यस वर्ष कम्पनीले गत वर्षभन्दा बढी लाभांश प्रस्ताव गरेको हो । गत वर्ष कम्पनीले ७ प्रतिशत बोनस शेयर र शून्य दशमव ३७ प्रतिशत नगद लाभांश गरी कूल ७ दशमलव ३७ प्रतिशत लाभांश वितरण गरेको थियो । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले रू २१ करोड २८ लाख ३ हजार खुद नाफा गरेको छ । गत वर्ष यो अवधिसम्म कम्पनीले रू १५ करोड ७३ लाख ७४ हजार खुद नाफा गरेको थियो । यस अवधिसम्म कम्पनीको जगेडा कोष रकम रू. ४२ करोड २८ लाख ५७ हजार रहेको छ ।

बीमा कोषमा रू. १ अर्बभन्दा बढी रकम रहेको कम्पनीले रू. १ अर्ब ६९ करोड १४ लाख २२ हजार कुल बीमा शुल्क आर्जन गरेको छ । यस वर्ष कम्पनीले रू.१ अर्ब ७ करोड ७६ लाख ४३ हजार कुल दाबी भुक्तानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. २५ दशमलव ८८ र प्रतिशेयर नेटवथए रू. २३३ दशमलव ७८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्