Logo
Logo

पोखराका मेयरलाई हृदयाघात, अस्पतालमा उपचार हुँदै


दृष्टि संवाददाता


पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयाघात भएको छ । उनका प्रेस संयोजक माधव बरालका अनुसार मेयर जिसीलाई शुक्रबार बिहान करिब ४ बजेको समयमा हृदयाघात भएको हो । अहिले पोखराकै मणिपाल अस्पतालमा मेयर जिसीको उपचार भइरहेको उनले बताए ।

बरालले मेयर जिसीको अवस्था अहिले सुधारोन्मुख भएपनि शरीरको दायाँ भागमा समस्या देखिएकाले थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्