Logo
Logo

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८७ जारी


दृष्टि संवाददाता


काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको रु १,००० अंकित दरका ३० लाख कित्ता ऋणपत्र यही २०७८ असार ३१ गते बिहीबारदेखि जारी गरेको छ । वार्षिक ८.५० प्रतिशतको आकर्षक ब्याजदर सहित बैंकले ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो ।

नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड बिक्री प्रबन्धक रहेको माछापुच्छ्रे ऋणपत्र २०८७ को कुल निष्काशित ३० लाख इकाइमध्ये १२ लाख कित्ता अर्थात कूल रु एक अर्ब २० करोड ऋण पूँजी रकम (५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लगानी कोषका लागि छुट्याइएको) सर्वसाधारणको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने छ । बाँकी १८ लाख कित्ता अर्थात कुल रु एक अर्ब ८० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट बिक्री गरिने छ । इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता आवेदन गर्न सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन छिटोमा साउन ४ गते निष्काशन बन्द हुनेछ भने ढिलोमा साउन १७ गतेसम्म बन्द हुनेछ ।

माछापुच्छ्रे बैंक लिमिटेडको ऋणपत्रले आइसिआरएएनपी–आइआर– ‘ए’ रेटिङ प्राप्त गरेको छ । आइसिआरए नेपालले प्रदान गर्ने उक्त रेटिङले माछापुच्छ्रे बैंक लिमिटेड लगानीका लागि जोखिममुक्त बैंक रहेको जनाउदँछ । बैंकको ऋणपत्रमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाको अलावा मेरो शेयर सफ्टवेयरबाट समेत आवेदन गर्न सकिन्छ ।

माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरु र १६५ शाखारहित बैकिङ सेवा, ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३३१ स्थानवाट ९ लाखभन्दा बढी ग्राहक महानुभावहरुमा सम्पूर्ण बंैकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर २०२ वटा एटिएमहरु सञ्चालनमा रहेको छन् ।

प्रतिक्रिया दिनुहोस्