Logo
Logo

युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) पनि एक अर्ब क्लबमा प्रवेश


दृष्टि संवाददाता

378
Shares

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि ले १०० करोडमाथिको बीमाशुल्क आर्जन गरिसकेको छ । कोभिड महामारीको विषम परिस्थितिमा समेत युनाइटेड इन्स्योरेन्स कम्पनीले नयाँ इतिहास रच्दै एक अर्ब क्लबमा प्रवेश गरेको छ ।

आर्थिक वर्ष २०७७÷७८ को अन्त्य हँुदै गर्दा कम्पनीको सञ्चालक समितिका अध्यक्ष रविभक्त श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल नेतृत्वकोे पहिलो वर्षमा नै व्यवस्थापनलगायत कर्मठ कर्मचारीको सामूहिक प्रयासबाट अघिल्लो आर्थिक वर्षमा रु ६९ करोड बीमा शुल्क आर्जन गरेको थियो । यसअघिको तुलनामा यस आर्थिक वर्षको बीमाशुल्क आर्जनमा उल्लेखनीय वृद्धि हासिल भएको हो ।

कम्पनीकोे सेवामा गरेको निरन्तर गुणस्तरीय विस्तार, शाखा विस्तार, डिजिटाइजेसनको प्रयोग, नयाँ बजार प्रवद्र्धन रणनीति, संगठनात्मक संरचनामा सुधारजस्ता क्रियाकलापमार्फत उक्त सफलता हासिल गर्न सफल भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्