Logo
Logo

हुरीपीडित एसईई परीक्षार्थीलाई अनेरास्वियुको साथ


- दृष्टि न्युज/संवाददाता


बारा ।

हावा हुरीले वस्ती उजाड बनाएपछि अन्यौलमा परेका एसईई परीक्षार्थीलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरस्ववियु) विद्यार्थी नेताले साथ दिएका छन्।

हुरी प्रभावित वस्तीमा एसईई परीक्षार्थी खोजिरहेका अनेरस्ववियु र अनेरस्ववियु क्रान्तिकारीले १३ परीक्षार्थीलाई शुक्रबार परीक्षा दिने वातावरण बनाइ दिएका छन्। विद्यार्थी नेताले परीक्षा दिनका लागि आवश्यक सामाग्री उलपब्ध गराएर केन्द्रसम्म पुर्‍याएका छन्। पुरैनिया र भलुई भरवलियाका परीक्षा केन्द्र प्रसौनी गाउँपालिकाको खुटवा प्रसौनीमा रहेको छ।

परीक्षार्थीलाई परीक्षा अवधिभर परीक्षा केन्द्र नजिक बस्न र खानको व्यवस्था समेत मिलाएको अखिल केन्द्रीय सचिव तथा प्रदेश २ की इन्चार्ज आरती लामाले बताई । परिक्षार्थीहरुलाई गाउँबाट निकालेर परीक्षा केन्द्र वरपर नै बस्ने वातारण बनाएका हौं।होटल नभएकाले साथीको घरमा राखेका छौं र अब उनीहरु परीक्षा सकाएर मात्रै घर फर्कने लामाले बताईन ।

यसअघि हुरी प्रभावित वस्तीमा पुगेर अनेरस्ववियुले एसईई परीक्षार्थीलाई टर्च लाइट वितरण गरेका थिए। अखिलका महासचिव ऐनबहादुर महर, अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष रञ्जित तामाङ, केन्द्रीय सचिव सूर्यनारायण साहसहित अखिलका विद्यार्थी नेताले टर्च वितरण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्