Logo
Logo

प्राइम बैंकको खाता खल्तीसँग लिंक गर्नुस् बोनस प्राप्त गर्नुस्


दृष्टि संवाददाता


काठमाडौं । प्राइम बैंक खाता खल्तीसँग लिंक गर्दा १०० रुपैयाँ बोनस पाइने भएको छ । अनलाइन पेमेन्ट सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले प्राइम बैंक खाता खल्तीसँग लिंक गर्दा सो मात्राको बोनस दिने भएको हो ।

एकपटक बैंक लिंक गरिसकेपछि लोड नगरी सिधै बैंकबाट भुक्तानी गर्न सरल बनाउने उद्देश्यले खल्तीले उक्त बोनस अफर ल्याएको हो । यो बोनस अफर पहिलोपटक प्राइम बैंक अकाउन्ट खल्तीसँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागू हुन्छ । लिंक गर्नका लागि प्रयोगकर्ताले आफ्नो खल्ती केवाइसी अनिवार्य भेरीफाइ गराएको हुनुपर्छ । त्यसैगरी प्रयोगकर्ताको खल्ती वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाइल नम्बर एउटै हुनुपर्नेछ ।

उक्त लिंक गरिएको प्राइम बैंक अकाउन्टबाट खल्तीमा निःशुल्क लोड गरी जुनसुकै बिलको भुक्तानी घरमै बसी केही सेकेण्डभित्रै जुनसुकै समयमा गर्न सकिन्छ । साथै घरबाटै पनि लिंक गर्न सकिने छ । यो योजना जुलाई १६ देखि ३१ तारिखसम्म खल्तीसँग प्राइम बैंक लिंक गर्ने जोकोहीलाई लागू हुन्छ ।

‘हामीले महामारीको समयमा घरबाटै सबै किसिमको बिल भुक्तानी डिजिटल माध्यमबाट गर्न प्रोत्साहित गराउन उक्त बोनस अफर ल्याएका हौं, यस सेवामार्फत ग्राहकवर्गले घरिघरि पैसा लोड गर्नुपर्ने झन्झटबाट मुक्त हुनेछन्, साथै लिंक गरिएको बैंकबाट खल्तीमार्फत अर्को बैंकमा केही सेकेन्डमै रकम ट्रान्सफर सकिने सुविधा भएको हुँदा हाल यो सेवा धेरैको रोजाइमा रहेको हामीले पाएका छौं’, उक्त अफरको सन्दर्भमा खल्ती डिजिटल वालेटका ब्राण्ड तथा मार्केटिङ प्रबन्धक शिरिष श्रेष्ठले बताए ।

प्राइम बैंक अकाउन्ट खल्तीसँग लिंक गर्नका लागि खल्तीको होम स्क्रिनमा देखाइएको ‘मोर’ अप्सनमा गई लिंक बैंक अकाउन्टमा ट्याप गर्ने, उपलब्ध बैंकहरुमध्ये ‘प्राईम बैंक’ सेलेक्ट गर्ने, आवश्यक सबै विवरणहरु भरी ‘सब्मिट’ बटनमा थिच्ने, अब रजिस्टर गरिएको मोबाइलमा प्राप्त वान टाइम पासवर्ड (ओटिपी) दाखिला गरी खल्ती खातासँग आफ्नो प्राइम बैंक अकाउन्ट सफलतापूर्वक लिंक गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्