Logo
Logo

छापुच्छ्रे बैंकको सहयोगमा सहिद गंगालाल हृदय केन्द्रमा कोरोना विशेष वार्ड स्थापना


दृष्टि संवाददाता


काठमाडौं ।छापुच्छ्रे  बैंक लिमिटेडले कारोना भाइरसको महामारीलाई मध्यनजर गर्दै काठमाडौँको महाराजगञ्जस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कोरोना विशेष वार्डको स्थापना गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको छ । दुई वर्षदेखि विश्वव्यापीरुपमा फैलिदै गएको कारोना भाइरसको महामारीका कारण अहिले हरेक अस्पतालमा कोरोना विशेष वार्डको अनिवार्य आश्यकता महसुस गरी बैंकले सामाजिक उत्तरदायित्वअन्र्तगत अस्पतालमा कोरोना विशेष वार्डको स्थापना गरिदिन लागेको हो ।

कोरोना विशेष वार्ड स्थापना गर्नेसम्बन्धी सम्झौतापत्रमा हृदय रोग केन्द्रका तर्फबाट कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्तान्तरण गरे । सम्झौतापश्चात बैंकले अस्पताल परिसरमा उपलब्ध गराएको स्थानमा कोरोना विशेष वार्ड निर्माण गरी वार्ड हृदय रोग केन्द्रलाई हस्तान्तरण गर्नेछ ।

छापुच्छ्रे  बैंक लिमिटेडले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरु र १६५ शाखारहित बैकिङ सेवा, ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३३१ स्थानवाट ९ लाख भन्दा बढी ग्राहक महानुभावहरुमा सम्पूर्ण बंैकिङ सुविधा प्रदान गरिरहेको छ । साथै बंैकको देशभर २०२ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्