Logo
Logo

अस्पतालमै गुन्डागर्दी गरेको आरोपमा चिकित्सक पक्राउ


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २० पुस ।
मदिरा सेवन गरेर छात्राहरूलाई दुव्र्यवहार गरेको तथा अस्पतालमै गुन्डागर्दी शैली अपनाएको आरोपमा डाक्टर पक्राउ परेका छन्। जानकी मेडिकल कलेज धनुषामा इन्टर्नसीप गरिरहेका डाक्टर राकेश पाण्डे पक्राउ परेका हुन्। महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका वडा नं. ६ घर भएका पाण्डेमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनले अंग्रेजी नयाँ वर्षका दिन मदिरा सेवन गरेर छात्राहरूलाई जिस्काएको आरोप प्रहरीले लगाएको छ।


धनुषाका प्रहरी उपरिक्षक गोविन्द थपलियाका अनुसार एमबिबिएस प्रथम वर्षमा भर्ना भएका नयाँ बिद्यार्थी निर्मल कुमार रामलाई गाली गलौज तथा कुटपिट गरी कोठाको कुर्सीसमेत भाँचेको र निज लगायतले नयाँ बिद्यार्थीहरुलाई लाईब्रेरी प्रबेश गर्न नदिने, क्यान्टिनमा खाजा खान नदिने जस्ता उजुरी दिएको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पाण्डेले आफ्नो अगाडिबाट हिँड्दा शिर निहु¥याएर हिड्नुपर्ने, केटीहरुलाई जिस्काउने, कुटपिट गर्ने लगायत मानसिक र शारिरीक यातना हुने दुःख दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक दिपेन्द्र शाहीले जानकारी दिए। पक्राउ परेका डा. पाण्डेलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अभद्र व्यवहार अन्तर्गत मुद्दा दायर गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्