Logo
Logo

‘बाँदर धपाउन कुकुर लिएर आउनु’


दृष्टि संवाददाता


सिन्धुपालचोक । बाँदर नियन्त्रणका लागि पाँचपोखरी थाङपाल गाउँपालिका–३ भोताङले ‘बाँदर धपाऔं बालिनाली बचाऔँ’ अभियान शुरुआत गर्ने भएको छ । यसका हरेक घरधुरीबाट एक जना सहित कुकुर पनि लिएर आउन अनुरोध गरिएको छ ।

वडा कार्यलयले आज एक सूचना जारी गर्दै बाँदर धपाउने कार्यमा सहयोगगर्न आग्रह समेत गरेको छ । वडाका विभिन्न टोलबाट बाँदरले बालिनाली पूर्ण रुपमा नष्ट गरेको भन्ने गुनासो आएकोले अभियान शुरु गरिएको वडाध्यक्ष ङिमाछिरिङ तामाङले जानकारी दिए।

बाँदर नियन्त्रणका लागि एकपटक अभ्यास गर्न लागिएको उनले जानकारी दिए । बाँदर धपाउन केन्द्र तथा प्रदेश सरकारले दीर्घकालीन उपाय खोज्नुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्