चन्द्रनहर भत्कियो, पाँच सय घर डुबानमा « Drishti News – Nepalese News Portal
Logo

चन्द्रनहर भत्कियो, पाँच सय घर डुबानमा


दृष्टि संवाददाता


राजविराज । अविरल वर्षाका कारण देशकै पुरानो चन्द्रनहर भत्किएको छ । अमहा र टेङ्ग्रालसहितका खोलामा आएको बाढीले सप्तकोशी नगरपालिका-४ स्थित बलारदहका दुई ठाउँका नहरमा क्षति पुर्याएकाे छ ।

नगरप्रमुख उत्तम गौतमले सो क्षेत्रका ५० मिटरसम्म नहर भत्किएको जानकारी दिए । उनका अनुसार नहर भत्किएपछि सप्तकोसी- १, २, ४ र ११ वडाका करिव ३०० घरसमेत डुबानमा परेको छ । ती घरमा तीन फिटसम्म पानी जमेको बताइएको छ ।

यस्तै जिता नदीको बाढीले तिलाठी- कोइलाडी गाउँपालिका-७ मन्सापुर र वडा नं ५ बरसाइनका केही घर डुवानमा परेका छन् ।

तिलाठी कोइलाडी-७ को मन्सापुर र वडा नं- ५ को बरसाइनका करीब २०० भन्दा बढी घर डुबेको गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहले जानकारी दिए ।

चन्द्रनहरमा क्षमता भन्दा बढी पानी प्रवाह भएकाले महादेवा गाउँपालिका–४ मनियार प्रसाही क्षेत्र पनि जोखिममा परेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्