Logo
Logo

सीता दाहालको स्वास्थ्यस्थिति बुझ्न प्रधानमन्त्री देउवा खुमलटारमा


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका छन् ।

प्रधानमन्त्री देउवा अध्यक्ष दाहाल पत्नी सीता दाहालको स्वास्थ्यस्थिति बुझ्न मंगलबार दिउँसो खुमलटार पुगेका हुन् ।

अध्यक्ष प्रचण्डका प्रेस विज्ञ विष्णु सापकोटाका अनुसार प्रधानमन्त्रीले पहिल्यैदेखि सीता दाहालको स्वास्थ्य अवस्थाको बारेमा चासो राखेका थिए । सोही क्रममा आज खुमलटार पुगेका हुन् ।

पार्किन्सन् रोगका कारण लामो समयदेखि सीता दाहाल अस्वस्थ छन् ।

प्रतिक्रिया दिनुहोस्