Logo
Logo

कक्षा १२ को परीक्षा साउन ३१ देखि


दृष्टि संवाददाता


काठमाडौं । ष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि गर्ने निर्णय गरेको छ । मंगलबार बसेको बोर्डको बैठकले विद्यार्थीलाई भौतिक उपस्थिति गराएर परीक्षा लिने निर्णय गरेको हो ।

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार परीक्षा विद्यार्थीहरू पढेकै विद्यालय (होम सेन्टर) मा हुने छ ।

कोरोना भाइरस महामारीका कारण कक्षा १२ को परीक्षा यसअघि रोकिएको थियो। जेठ अन्तिम सातादेखि गर्ने तय भएको परीक्षा दुई महिनापछि लिन लागिएको हो।

प्रतिक्रिया दिनुहोस्