Logo
Logo

लक्ष्मी बैंकका खति ‘युरो कप विथ फोनलोन’को विजेता


दृष्टि संवाददाता


काठमाडौं । फोनलोनले आफ्नो तीन हप्ता लामो ‘युरो कप विथ फोनलोन’ क्याम्पेनको विजेता घोषणा गरेको छ । यस क्याम्पेनका विजेता लक्ष्मी बैंकका ग्राहक अशोककुमार खति भएका छन् । उनले सामसङको ५५ इन्च स्मार्टटिभी जितेका छन् ।

सो क्याम्पेन असार १ गतेदेखि २३ गतेसम्म चलेको थियो भने यसमा फोनलोन सञ्जालका पाँच बैंक, लक्ष्मी, कुमारी, सिटिजन्स, नबिल र मेगा बैंकका फोनलोनका प्रयोगकर्ताहरु सहभागी भएका थिए ।

यस क्याम्पेनमा सहभागी हुनका लागि योग्य फोनलोनका प्रयोगकर्ताले सो अवधिभित्र फोनलोनमार्फत कर्जा लिनुपर्ने थियो । विजेता छनोट भने फोनलोनको ‘विनर सेलेक्सन सफ्टवेर’ द्वारा गरिएको थियो । यस क्याम्पेनमार्फत फोनलोनले ग्राहकहरुमाझ कागजरहित, धितोरहित स्मार्ट लोन सुविधाबारे जानकार गराएको छ ।

प्रतिक्रिया दिनुहोस्