Logo
Logo

वालिङ मालपोत कार्यालयमा माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउण्टर


दृष्टि संवाददाता


काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले स्याङ्जा जिल्लाको वालिङ नगरपालिकामा रहेको मालपोत कार्यालयमा बैंकको एक्सटेन्सन काउण्टर स्थापना गरेको छ । मालपोल कार्यालयको राजश्व संकलन तथा त्यस वरपरका बासिन्दाको बैंकिङ आवश्यकता लाई मध्यनजर गर्दै बैंकले उक्त एक्सटेन्सन कार्यालय संचालनमा ल्याएको हो । २०७८ साउन ५ गते बाट सञ्चालनमा ल्याइएको एक्सटेन्सन काउण्टरको वालिङ नगरपालिकाका मेयर दिलीपप्रताप खाँडले उद्घाटन गरे ।

माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँ–नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । सोही क्रममा बैंकले स्याङ्जा जिल्लाको वालिङमा सुरु गरेको उक्त काउण्टरमार्फत मालपोत कार्यालयको सम्पूर्ण राजश्व संकलनका साथसाथै आम नागरिकलाई आवश्यक पर्ने बैंकिङ सेवा प्रदान गर्नेछ ।

माछापुच्छ्रे बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरु र १६५ शाखारहित बैकिङ सेवा, ५ एक्सटेन्सन काउण्टरसमेत गरी जम्मा ३३१ स्थानवाट ९ लाखभन्दा बढी ग्राहकमा बंैकिङ सुविधा प्रदान गरिरहेको छ । साथै बंैकको देशभर २०२ वटा एटिएमहरु सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्