Logo
Logo

कान्तिपुर जनरल एण्ड डेण्टल अस्पताललाई प्रभु बैंकको सहयोग


दृष्टि संवाददाता


काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडाँै जिल्ला बसुन्धारास्थित सञ्चालनमा रहेको कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटललाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । २०७८ साउन ५ गते एक समारोहका बीच प्रभु बैंकको बबरमहस्थित केन्द्रीय कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कान्तिपुर डेण्टल अस्पतालका तर्फबाट सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठबीच आर्थिक सहयोग उपलब्ध गराउनेसम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेका छन् ।

प्रभु बैंकबाट उपलब्ध गराइएको आर्थिक सहयोगमा कान्तिपुर जनरल अस्पतालमा अत्याधुनिक स्वास्थ्य सामग्री खरिद गर्ने र आर्थिक अभावका कारण स्वास्थ्य उपचार गर्न कठिनाइ भोगिरहेका आर्थिकरुपमा विपन्न बिरामीको निःशुल्क उपचार गर्ने अस्पतालको योजना छ ।

यसबाट कान्तिपुर जनरल एण्ड डेण्टल अस्पतालमा उपचारका लागि आउने विरामीहरुले अत्याधुनिक स्वास्थ्य सामाग्रीहरुको मद्दतबाट स्वास्थ्य सेवा उपभोग गर्न सक्नेछन् भन्ने बैंकले विश्वास लिएको छ । साथै, प्रभु बैंकले समाजपयोगी कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिँदै जाने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्