Logo
Logo

बिहारमा कोसीको तटबन्ध भत्किएर बस्तीमा बाढी


दृष्टि संवाददाता


राजविराज । नेपालको सप्तरी जिल्लासँगै जोडिएको बिहारस्थित सुपौल जिल्लाको सिकरहट्टामा सप्तकोसी नदीको तटबन्ध भत्किएको छ। बिहीबार राति डेढ बजे चुटियाही नजिकै तटबन्ध फुटेको हो।

शुक्रबार बिहान उक्त स्थानमा तटबन्ध भत्किँदा सुपौल र मधुवनी जिल्लाका विभिन्न बस्ती डुबानमा परेका छन् । तटबन्ध भत्किएको स्थान नेपाल–भारत सीमाभन्दा ८ किलोमिटर मात्र दक्षिण हो ।

टबन्ध भत्किएर बिहारको सुपौल जिल्लास्थित २५ हजार जनसंख्या प्रभावित भएको छ। तटबन्ध भत्किएपछि कोसीको पानी विभिन्न बस्ती हुँदै बिहारमै त्रियुगा नदीमा खसेको छ ।

बिहारमा कोसीको तटबन्ध फुटेपछि नेपालमा त्रास छाएको छ। बिहारमा कोसीको तटबन्ध फुट्दा नेपालस्थित सीमा क्षेत्रको कोसी व्यारेजका ढोका थुनेर भारतले बहाब रोक्ने चिन्ता छाएको छ। शुक्रबारसम्म कोसी ब्यारेजका २२ वटा ढोकाबाट पानी गइरहेको छ।

ब्यारेजका ढोका धेरै संख्यामा बन्द गरे ब्यारेजभन्दा उतरी क्षेत्रमा पानी जम्मा भइ ब्यारेजको संरचना र तटबन्ध लगायतका संरचनामा क्षति पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्