Logo
Logo

म अहिले मानसिक तनावमा छु : प्रचण्ड


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई मन्त्री बनाउनु भन्दै सांसदहरुले दवाव दिने गरेको बताएका छन् । शनिबार कम्युनिस्ट नेता नरबहादुर कर्माचार्यको ८औँ स्मृति दिवसका अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले आफूलाई पार्टीका ४९ जना सांसदको दबाब रहेको बताए ।

अध्यक्ष प्रचण्डले आफूले ७ जनासम्मलाई मात्र मन्त्री बनाउन पाउने बताउँदै भने, ‘तर, मलाई धेरे जना सांसदले मन्त्री बनाउ भनिरहेका छन् ।’ उनले सांसदहरुको त्यस्ताखाले दवावले आफू तनावमा रहेको बताए । उनले भने, ‘तीन चार दिनदेखि म निकै मानसिक तनावमा छु । मलाई त ४९ जनालाई नै मन्त्री बनाइदिन पाए हुन्थ्यो जस्तो लागेको त छ ।’ अध्यक्ष प्रचण्डले मन्त्री पद पाएन भने नेतृत्वलाई सराप गर्ने, मन्त्री पाएमात्र काम गर्ने प्रवृत्तिको विकास भएको बताए ।

कार्यक्रममा नरबहादुर कर्माचार्य स्मरण गर्दै उनले उनी कहिल्यै पनि पदको पछि नलागेको उल्लेख गरे ।

सोही क्रममा अहिले संघर्षबाट प्राप्त सबै उपलब्धि गुम्ने खतराको रहेको बताउँदै भने, ‘संविधान, व्यवस्था मास्ने षडयन्त्र भएको छ ।’ उनले एकता गरेको पार्टीका नेता केपी ओलीबाट प्रतिगमनकारी घटना भएको बताउँदै ओलीले गरेका हरेक प्रतिगामी र प्रतिक्रान्तिकारी कामलाई तमाम देशभित्र र बाहिरका प्रतिक्रियावादीहरुले साथ दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्