Logo
Logo

युथ फोर्सको भ्याली कमाण्ड घोषणा हुँदै


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले दुई साता अघिमात्र ब्यूँताएको थियो । पार्टीको रक्षा पंक्तिका लागि भन्दै ब्यूँताएको युथ फोर्सको आजल शनिबार भ्याली कमाण्ड घोषणा गर्दैछ ।

युवा संघका इन्चार्ज महेश बस्नेतले पत्रकार सम्मेलन आयोजना गरेर युथ फोर्स ब्युँताएको जानकारी दिएका थिए । युथ फोर्सको प्रमुखमा क्षितिज थेवे र उपप्रमुखमा पुष्प श्रेष्ठ छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले भ्याली कमान्डका सदस्यहरूलाई आज शपथ खुवाउने कार्यक्रम रहेको छ । शपथ ग्रहण कार्यक्रमअघि शनिबार युथफोर्सले काठमाडौँमा मोटरसाइकल ¥याली गरेर शक्ति प्रदर्शनसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्