Logo
Logo

तीज लक्षित सुनको चुरा सार्वजनिक


दृष्टि संवाददाता


काठमाडौैं । नेपाली नारीको पर्व तीज नजिकिँदै जाँदा गायक, गायिकाहरु आफ्नो मनको पीडा गीतमार्फत पोख्न थालेका । माया प्रेमको कुराहरु पनि तीज गीतमार्फत पोखिरहेका छन् ।

तीजकै मेसो पारेर गायक बिर्ख बिश्वकर्मा र गायिका सरस्वती उप्रेतीको स्वर समेटिएको ‘सुनको चुरा’ बोलको गीत सार्वजनिक भएको छ ।
डम्बर बिश्वकर्माको शब्द र सम्झना बिसीको लय रहेको उक्त गीतको भिडियो अशोक सुनारले निर्देशन गरेका हुन् भने सुनिता गजमेरको कोरियोग्राफी रहेको छ ।

भिडियोमा शीतल केसी, राज गजमेर, अञ्जली अधिकारी, सोनी लगुनलगायतको अभिनय रहेको छ । आक्स क्रियशन मिडिया एण्ड मुभिज प्रालिको प्रस्तुती रहेको ‘सुनको चुरा’ ओएसआर डिजिटल प्रालिको युट्युवमार्फत सर्वजनिक भएको हो ।

प्रतिक्रिया दिनुहोस्